समाचार

नेपाल टेलिकमबाट विशेष सुविधा लिने महानुभाव को को हुन ?

काठमाडौैँ÷ नेपाल टेलिकमका सबै किसिमका टेलिफोनका प्रगोगकर्ताको संख्या २ करोड १२ लाख ९४ हजार पुगेको अनुमान छ । तर नेपाल टेलिकमले बेलाबेलामा सार्वजनिक गर्ने सूचनाप्रति सर्वसाधारणले प्रश्न उठाउन थालेका छन् ।
केहि समय अघि टेलिकमले एउटा यस्तो सूचना प्रकाशन ग¥यो—‘ल्याण्डलाइन टेलिफोन, भिस्याट तथा मोवाइल सेवाका ग्राहकहरुको मागलाई ध्यानमा राखी २०७४ साल आषाढ मसान्तसम्मको बक्यौतामा लाग्ने जरिवानाको छुट अवधि २०७६ साल भाद्र मसान्तसम्म थप गरिएको ब्यहोरा सबैलाई सूचित गरिन्छ’ ।
टेलिकमले जारी गर्ने सूचनाप्रति सर्वसाधारणले भने आपत्ति जनाएका छन् । यो सूचना सर्वसाधारणप्रति लक्षित नभएको सेवाग्राहीको भनाई छ ।
सर्वसाधारणले प्रयोग गर्ने टेलिफोन तथा मोवाइलको ब्यालेन्स सकिएपछि स्वत लाइन काटिने ब्यवस्था छ । तर पनि टेलिकमको सूचनालाई आधार मान्ने हो भने कतिपयले ल्याण्डलाइन टेलिफोन, भिस्याट तथा मोवाइलको बक्यौता नतिरेको प्रष्ट भएको छ । टेलिकमबाट विशेष सुविधा प्राप्त गर्ने विशिष्ट ब्यक्ति को को हुन र कति रकम बराबरको बक्यौता तिर्न बाँकी छ भनेर सूचना गोप्य राखेकोप्रति सर्वसाधारणले आपत्ति जनाएका हुन् । उनीहरुको प्रश्न छ —‘नेपाल टेलिकमबाट विशेष सुविधा प्राप्त गर्ने विशिष्ट महानुभाव को को हुन ’ ? यसको विवरण पनि सार्वजनिक हुनुपर्छ ।

nema
Show More

Related Articles

Back to top button