समाचार
नेपालमा सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाकै ७३ हजार ५ सय
काठमाडौं ÷ निरन्तर उकालो लागेको सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ।सोमबार सुन प्रति तोलामा १ हजारले बढेर ७३ हजार ५ सय रुपैयाँ कायम भएको सुन चाँदी व्यावसायी महासंघले जनाएको छ।
यस्तै चाँदीको भाउमा पनि सामान्य वृद्धि भएको छ। आज चाँदी तोलामा ८६० रुपैयाँमा कारोबार भएको छ ।
आइतबार सुन प्रतितोला ७२ हजार ५ सयमा कारोबार भएको थियो।यस्तै चाँदी तोलाको ८५० रुपैयाँमा कारोबार भएको थियो।
