विश्व

बंगलादेशमा छात्रालाई जिउँदै जलाएको आरोपमा १६ जनालाई मृत्युदन्डको फैसला

काठमाडौं, कात्तिक ७ । बंगलादेशको एक अदालतले एक छात्रालाई जिउँदै जलाएको अभियोगमा दोषी ठहर गर्दै १६ जनालाई मृत्युदन्डको फैसला सुनाएको छ ।
१९ वर्षीया नुसरत जहाँ रफी नामकी ती छात्राले शिक्षकले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।
गत अप्रिलमा राजधानी ढाकादेखि १६० किलोमिटरको दूरीमा रहेको फेनी नगरमा उनको हत्या भएको थियो । उनको मृत्युलाई आत्महत्या देखाउने प्रयाससमेत भएको थियो ।
नुसरतले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी प्रधानाध्यापक र उनका दुईजना छात्रा साथी पनि हत्यामा संलग्न भएको अदालतले निश्कर्ष निकालेको छ । मृत्युदन्डको सजाय सुनाइएकाहरुमा स्थानीय राजनीतिक दलका नेतासमेत रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
बंगलादेशमा यस्ताखालका मुद्दाको किनारा लाग्न वर्षौं लाग्ने गरेपनि नुसरतको मुद्दा भने निकै छिटो टुंगिएको छ ।
नुसरतले आफ्ना प्रधानाध्यापक सिरज उद दउलाले आफूलाई बारम्बार अनुचित तरिकाले छोएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।
त्यसको ११ दिनपछि उनलाई विद्यालयको छानामा बोलाएर बुर्का लगाएका चाररपाँचजनाले घेरेर उजुरी फिर्ता लिन दबाब दिएका थिए । त्यसो गर्न अस्वीकार गरेपछि उनलाई जीवितै आगो लगाइएको थियो । शरीरको ८० प्रतिशत जलेको नुसरतको घटनाको चार दिनपछि मृत्यु भएको थियो ।

nema
Show More

Related Articles

Back to top button