समाचार

एडिबीले पोखरा–मुग्लिन राजमार्गलाई १९ करोड बढी ऋण सहायता उपलब्ध गराउने

एसियाली विकास बैंक (एडिबी) ले पोखरा–मुग्लिन राजमार्गलाई चार लेनमा विस्तार गर्न १९ करोड ५० लाख ऋण सहायता उपलब्ध गराउने भएको छ । अहिले रहेको दुई लेनको राजमार्गलाई चार लेनमा रूपान्तरण गर्न एडिबीले ऋण दिने भएको हो । सरकारले यो राजमार्गमा पाँच अर्ब ९० करोड लगानी गर्ने तयारी गरेको हो । नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान गर्ने राजमार्गको स्तरोन्नति अपरिहार्य भएकाले ऋण रकम स्वीकृत गरेको एडीबीले विज्ञप्तिमा जारी गरेर जानकारी दिएको छ । राजमार्गको ८१ किलोमिटर पोखरा–आबुखैरेनी सडक पहिलो चरणमा विस्तार र आठ किलोमिटर आबुखैरनी–मुग्लिन खण्ड दोस्रो चरणमा निर्माण गर्ने लक्ष्य राखिएको छ । उत्त राजमार्गको काम आगामी ५ वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य छ ।

Show More

Related Articles

Back to top button