विश्व
चीनमा पहिलो पटक फाइज जी सुरु
चीनका मोवाइल अपरेटरले पहिलो पटक ५ जी सेवाको सुरुवात गरेका छन् । चीनको सरकारी मोवाइल अपरेटर चाइना मोवाइल , चाइना युनीकम तथा तथा चाइना टेलिकमले एकै साथ आइतबारबाट ५ जी सेवाको सुरुवात गरेका हुन । तिब्र गतिको नेटवर्क मानिने यो सेवा चीनका ५० भन्दा बढी शहरमा सुरु गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । यस अघि दक्षिण कोरिया, अमेरिका तथा बेलायतले ५ जी सेवाको सुरुवात गरिसकेका छन् । ५ जी पाँचौ जेनेरेसनको मोवाइल नेटवर्क हो । यसको गति अन्य मोवाइल नेटवर्क भन्दा बढी हुने दाबी गरिएको छ ।
