समाचार

पृथ्वी जयन्तीमा राप्रपाको चियापान कार्यक्रम

२७ पुष, काठमाडौैँ÷ राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज चियापान कार्यक्रमको आयोजना गरेको छ । राजधानीको प्रदर्शनीमार्गमा आयोजित चियापान कार्यक्रममा विभिन्न दलका नेता, मन्त्री, कुटनीटिक नियोगका प्रतिनिधिसहित राजावादीहरुको उल्लेख्य सहभागीता रहेको थियो ।
चियानमा सहभागी हुन आउने निम्तालुहरुलाइ अध्यक्ष कमल थापा लगायतले स्वागत गर्नुभभएको थियो । पछिल्लो समय सरकारी तहबाट पृथ्वीजयन्त मनाउन छाडिएपछि राप्रपाले भने बर्षेनी चियापान कार्यक्रमसहित विभिन्न कार्यक्रम गर्दै आएको छ ।
वि.सं. १९७९ पुस २७ गते गोरखाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रुपमा जन्मिनुभएका शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपालको निर्माण गर्नुभएको थियो ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button