समाचार

संक्रमणकालीन न्यायसम्बन्धी ऐन संसोधनको तयारी

२८ पुष, काठमाडौैँ÷ सरकारले संक्रमणकालीन न्यायसम्बन्धी ऐन संसोधनको तयारीका लागि सात वटै प्रदेशमा तयारी गरेको छ । त्यसका लागि आज सातै प्रदेशमा परामर्श कार्यक्रमको आयोजना गरिएको हो ।
वेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी ऐन संशोधन गर्ने तयारी गरेको सरकारले संक्रमणकालीन न्याय सम्बन्धी बिषयमा छलफल गर्न लागेको हो ।
कानुन मन्त्रालयले पिडित तथा बिज्ञहरु संग छलफल गरि परामर्शको विषय, त्यसमा सोधिने प्रश्नावली र त्यसको ढाँचा तयार पारिएको जनाएको छ । तर द्वन्द्वपीडितले भने सरकारले आयोजना गरेको परामर्श कार्यक्रम ‘नियन्त्रणमुखी’ भएको भन्दै आपति जनाएका छन । द्वन्द्व पीडित राष्ट्रिय सञ्जालले आजको संक्रमणकालीन न्याय सम्बन्धी छलफल कार्यक्रममा आफ्नो आलोचनात्मक सहभागिता रहने स्पष्ट पारेको छ । परामर्श कार्यक्रम ऐनको विषयमा मात्र सीमित नभएर समग्र त्रुटिपूर्ण संक्रमणकालीन न्याय प्रक्रियामाथि हुनुपर्नेमा उसले जोड दिएको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button