विश्व

मेदभेदेवले राजीनामा दिएपछि रुसमा नयाँ प्रधानमन्त्री नियुक्त

२ माघ÷ रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । तत्कालिन प्रधानमन्त्री दिमित्रि मेद्भेदेवले राजीनामा दिएर खाली भएकाले प्रधानमन्त्री पदमा उहाँले नयाँ व्यक्तिलाई नियुक्त गर्नुभएको हो ।
उहाँले संघीय कर सेवा प्रमुख मिखाइल मिशुस्टिनलाई नयाँ प्रधानमन्त्रीको रुपमा नियुक्त गर्नुभएको रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले जनाएको छ । पुटिनको आग्रहलाई मिखाइलले स्विकार गरेपछि उहाँलाई प्रधानमन्त्रीको रुपमा नियुक्त गरिएको अधिकारीहरुले बताएका छन् ।
राष्ट्रपति पुटिनले वर्तमान् संवैधानिक व्यवस्थालाई सुधारको प्रस्ताव गरेपछि रुसका प्रधानमन्त्री दिमित्री मेद भेदेवले राजीनामा दिनुभएको थियो । सुधार प्रस्तावमा राष्ट्रपतिको सट्टा संसदलाई प्रधानमन्त्री र वरिष्ठ मन्त्रिपरिषद् सदस्यहरू छनौट गर्ने अधिकार समावेश गरिएको छ । प्रधानमन्त्री मेदभेदेवले राष्ट्रपतिको कदमलाई सहयोग पुगोस् भनेर आफूले राजीनामा दिएको बताउनुभएको छ ।

nema
Show More

Related Articles

Back to top button