समाचार

सभामुख चयनको लागि आज निर्वाचन हुँदै÷ अग्निप्रसाद सापकोटाको एकल मनोनयन

१२ माघ, काठमाडौैँ÷ प्रतिनिधि सभामा सभामुख चयनका लागि आज निर्वाचन हुँदैछ । आज दिउसो ३ बजे बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख चयनको प्रक्रिया अगाडि बढ्ने भएको हो । सभामुखमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाको एकल मनोनयन परेको छ । सापकोटाको मात्र एकल मनोनयन परेकाले प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार उहाँ निर्विरोध भएको घोषणा हुनेछ ।
बैठकमा सापकोटाका तर्फबाट प्रस्तावक सुवासचन्द्र नेम्वाङले उम्मेदवारको प्रस्ताव पेस गर्ने कार्यसुची रहेको छ । वक्तव्यसहित पेस हुने प्रस्तावमा समर्थकहरुले धारणा राख्ने संसद सचिवालयले जनाएको छ । सापकोटाको समर्थकमा पूर्वसभामुख ओनसरी घर्ती, नेकपाका संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद लक्ष्मणलाल कर्ण रहनुभएको छ ।
प्रतिनिधि सभा नियमावलीको नियम ७ को व्यवस्था अनुसार एक मनोनयन परेकाले प्रस्तावक र समर्थकले धारणा राखेपछि सापकोटालाई निर्विरोध सभामुख चयन भएको घोषणा गरिने छ । प्रमुख विपक्षी दल नेपाली काँग्रेस र अर्को विपक्षी दल समाजवादी पार्टीले उम्मेदवारी दिन नसके पछि सापकोटाको एकल मनोनयन परेको हो ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button