समाचार

नेपाल विद्यार्थी संघ कास्कीद्धारा अनिश्चितकालिन शैशिक हडतालको घोषणा

१३ फागुन
नेपाल विद्यार्थी संघले कास्कीमा अनिश्चितकालिन शैक्षिक हड्तालको घोषणा गरेको छ । पक्राउ परेका आफ्ना विद्यार्थी नेताको रिहाईको माग गर्दै नेविसंघले फागुन १५ देखि अनिश्चितकालिन शैक्षिक हड्तालको आह्वान गरेको हो ।
२ दिनअघि नेविसंघका स्थानीय नेता रेशम हमाललाई प्रहरीले पक्राउ गरेको थियो । पृथ्वीनारायाण् क्याम्पस हाताभित्रैबाट प्रशासनको मिलेमतोमा हमाललाई पक्राउ गरिएको नेविसंघको आरोप छ । उनलाई विनाशर्त रिहा गर्नुपर्ने माग नेविसंघको छ । ठाउँ ठाउँमा टायर बालेर विरोध प्रदर्शनमा उत्रिएको नेविसंघले आज पोखरामा कुनै पनि सरकारी गाडी चल्न दिएको छैनन् ।
बगरस्थित पृथ्वीनारायण क्याम्पस अगाडि विद्यार्थी र प्रहरीबीच झडपसमेत भएको छ । विद्यार्थीहरुले पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई कडा कारबाही र प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिनको केकमा नेपालको नक्सा बनाएको भन्दै माफी माग्नुपर्ने माग राखेका छन् ।

nema
Show More

Related Articles

Back to top button