समाचार

मन्त्री परिषदको बैठक आज बस्दै, कोरोना नियन्त्रणका लागि महत्वपूर्ण निर्णय गर्ने अनुमान

९ चैत्र, काठमाडौैँ÷ प्रधानमन्त्री केपी शर्मा आलीले मन्त्रीपरिषदको बैठक बोलाउनुभएको छ । अपहन ४ बजे बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने बैठकले कोरोना भाइरस संक्रमण रोकथामका सन्दर्भमा केही महत्वपूर्ण निर्णयहरु गर्ने जनाएको छ ।
मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज पहिलोपटक मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको हो । मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभन्दा एक दिन अघि फागुन १८ गते बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसेको थियो । सो बैठकले कोरोना संक्रमण नेपालमा आउन नदिने सबै तयारी गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समन्वय समिति गठन गरेको थियो ।
हाल सोही समितिले सबै कार्ययोजना बनाएर काम गरिरहेको छ । आजको बैठकमा उच्चस्तरीय समितिको हालसम्मको कामको समीक्षा समेत हुने बताइएको छ । चिकित्सकहरुले प्रधानमन्त्रीलाई संक्रमणबाट जोगिन धेरै मान्छेसँगको जमघट, छलफल र बैठकहरु नगर्न सुझाएका कारण मन्त्रिपरिषद बैठक बस्न सकेको थिएन । मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीको कुर्सी अन्य मन्त्रीहरुको भन्दा केही टाढा राखेर व्यवस्थापन गरिएको स्रोतले जनाएको छ ।

nema
Show More

Related Articles

Back to top button