breakingसमाचार

कोरोना संक्रमण फैलिन नदिन घुम्ती शिविर सञ्चालन गर्न सरकारलाई कांग्रेसको सुझाव

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको संक्रमण थप फैलिन नदिन घुम्ती शिविर सञ्चालन गर्न सरकारलाई सुझाव दिएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ति जारी गरेर कोरोना परीक्षणको दायरा निश्चित केन्द्रबाट ‘घुम्ती स्वास्थ शिविर’ को शैलीमा समुदायसम्म पुर्याउन सरकारसँग माग गर्नुभएको हो ।
 
शर्माले सरकारलाई ५ बुँदे सुझाव दिँदै ‘गाउँ तहसम्म ‘घुम्ती परीक्षण शिविर’ चलाउने तयारी तत्काल सुरु गर्न तिनै तहको सरकारलाई युद्धस्तरमा समन्वय साथ कार्य गर्न’ अपिल गर्नुभयो । प्रवक्ता शर्माले कोरोना संक्रमणको जोखिम बढेको स्थिति दृष्टिगत गरेर सरकारले लकडाउनको समयावधि थप गर्नुलाई कांग्रेसले स्वाभाविक रूपमा लिएको भन्दै उहाँले जोखिमको सामना गर्न सामग्री, दक्षता र गति बढाउँदै घुम्ती परीक्षण शिविर सुरु गर्नुपर्नेमा जोड दिनुभएको छ । यस्तै कांग्रेसले भारतसँग सीमा जोडिएको कुनै पनि नाकामा २४ सै घण्टा निगरानी राख्न पनि आग्रह गरेको छ ।

nema
Show More

Related Articles

Back to top button