breakingसमाचार

थप १० जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ६९ पुग्यो

२१ बैशाख, काठमाडौैँ
नेपालमा आज एकैदिन थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बाँकेको नेपालगञ्जमा ९ र पर्साको वीरगन्जमा एक गरी थप १० जनामा आज कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभएको छ । संक्रमित हुने मध्ये एक ७ बर्षका बालकमा समेत रहेको देवकोटाको भनाई छ ।
मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता देवकोटाले हालसम्म देशभर १३ हजार ४ सय १४ पिसिआर र ५९ हजार ६ सय ८८ वटा आरडिटी परीक्षण गरिएको बताउनु भयो । साथै उहाँले भाइरसको परिक्षणमा पोजिटीभ देखिएका तथा विदेशबाट आएका व्यक्तिहरु सामाजिक विभेदको सिकार हुने भएकाले उनीहरुको व्यक्तिगत विवरण सार्वजनिक नगर्न पनि सन्चारकर्मीसँग आग्रह गर्नुभएको छ ।
यसैबीच
कोरोना भाइरसको संक्रमणपछि निको भएर घर गएका दुई वयक्तिलाई आज पुनः अस्पताल भर्ना गरिएको छ । रौतहटका युवकसँगै वीरगञ्जमा रहेका भारतीय जमातीलाई पनि नारायणी अस्पतालमा भर्ना गरिएको हो । दुवै जनालाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा मदन उपाध्यायले जानकारी दिनुभयो । शरीर दुख्ने, आलस्य हुने जस्ता समस्या देखिएपछि अस्पताल आएका दुवैलाई आइसोलेसनमा राखेर उपचार सुरु गरिएको छ । उनीहरुको थ्रोट स्वाब संकलन गरी कोरोना परीक्षणका लागि पठाइएको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button