breakingसमाचार

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ पुग्यो, १२१२ संक्रमित

१६ जेठ, काठमाडौैँ
नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । गत जेठ १० गते भारतबाट नेपाल आउँने क्रममा ज्यान गुमाएका अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका ३५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयको नियमित पित्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले उनको पीसीआर परीक्षणको रिपोर्ट हिजो आएको जानकारी दिनुभयो । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
आज एकैदिन १ सय ७० जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ । कोसी अस्पतालमा गरिएको परिक्षण २७ जना, धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा सप्तरीका ४ र झापाका १ गरि ५ जना, नारायणी अस्पतालमा गरिएको परिक्षणमा ९ जना, पाटन अस्पतालमा गरिएको परिक्षणमा सर्लाहीका १ जना, गण्डकी अस्पतालमा गरिएको परिक्षणमा म्याग्दीका १ जना, भेरी अस्पतालमा गरिएको परिक्षणमा बाँकेका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै भरतपुर अस्पतालमा गरिएको परिक्षणमा कपिलबस्तु र नवलपरासीका ६ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा कपीलवस्तु, रौतहट र सर्लाहीका ८४ जनामा संक्रमण देखिएको डा. देवकोटाले बताउनुभयो । यस्तै प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा १६ जना र राप्ती स्वास्थ्य विज्ञानप्रतिष्ठानमा गरिएको परिक्षणमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको उहाँको भनाई छ । यो संगै नेपालमा संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको छ ।
मन्त्रालयका अनुसार आज थप १९ जना कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन् । काठमाडौंको टेकु अस्पतालबाट २, पाटन अस्पतालबाट ७, बलम्बुको अस्पतालबाट दुई र दाङको कोरोना विशेष अस्पतालबाट आठजना डिस्चार्ज भएका छन् । अहिलेसम्म २ सय ६ जना निको भएर घर फकिएकाको देवकोटाले बताउनुभयो ।
 

nema
Show More

Related Articles

Back to top button