समाचार

टिपरको ठक्करबाट भक्तपुरमा स्कुटरमा सवार ३ जनाको मृत्यु

९ जेठ, भक्तपुर । काभ्रेको साँगाबाट काठमाडौँ तर्फ आउँदै गरेको टिपरको ठक्करबाट बुधबार तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।
बा ३ ख ६६७४ नम्बरको ट्रिपरले बा ५६ प १२२७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको भएको महानगरीय प्रहरी वृत्त ठिमीका प्रहरी नायब उपरीक्षक दीपक जानकारी दिनुभयो ।
मृत्यु हुनेमा दोलखा मेलुङ–६ घर भई हाल मध्यपुरथिमी नगरपालिका–१ लोकन्थली बस्ने ५० वर्षीय स्कुटर चालक हरिबहादुर कटुवाल, करीब ४२ वर्षीया सविता घिमिरे र १३ वर्षीय अवीन्द्र घिमिरेको मृत्यु भएको हो ।
तीन जनाकै शव भक्तपुर अस्पतालमा राखिएको तथा ठक्कर दिने ट्रिपरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । ट्रिपरका चालक भने फरार छन् ।

nema
Show More

Related Articles

Back to top button