breakingसमाचार

जेठ २५ गतेभित्र कर तिर्न राजश्व विभागले जारी गरेको सूचनाको अवज्ञा गर्न कांग्रेसको आह्वान

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जेठ २५ गतेभित्र कर तिर्न राजश्व विभागले जारी गरेको सूचनाको अवज्ञा गर्न आह्वान गरेको छ । चैतदेखि सरकारकै निर्णयअनुसार लक डाउन जारी रहे पनि विभागले हिजोसूचना प्रकाशित गरेर सबै खालका कर यही जेठ २५ गतेभित्र तिर्न निर्देशन दिएको छ ।
यही निर्देशन अवज्ञा गर्न कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटमार्फत नागरिकलाई आह्वान गर्नुभएको छ । उहाँले सरकारले संकटका बेला राष्ट्रपति कार्यालयमा गलैंचा, मन्त्री निवासमा जिम खान किन चाहियो भन्दै प्रश्न समेत गर्नुभयो ।
राजश्व विभागले गत फागुन र चैत महिनाको मासिक कर विरण, माघ र फागुन महिनाको द्धिमासिक र मंसिर–फागुनको चौमासिक कर विवरण तथा ती विवरण बमोजिकको कर दाखिला गर्ने निर्देशन दिएको छ। यस्तै गत फागु्न र चैत महिनाको बुझाउनु पर्ने विवरण तथा ती विवरण बमोजिमको अन्तःशुल्क दाखिला गर्ने मन्त्रालयले जानकारी दिएको छ।

nema
Show More

Related Articles

Back to top button