breakingसमाचारविचारनेपाली कांग्रेस

महामानव वीपी कोईरालाको १०७ औं जन्मजयन्ती सुदूरपश्चिम प्रदेशमा सम्पन्न,

दिपायल असोज १६,
वीपी विचार राष्ट्रिय समाजको सुदूरपश्चिम प्रदेशको आयोजनामा समाजको केन्द्रिय समितीको समन्वयमा यही असोज १५ गते “वर्तमान राजनितीक परिपेक्षमा वीपी विचारको सान्र्दभिकता ” बिषयक श्ययm गोष्ठी सम्पन्न भयो । उक्त कार्यक्रमका प्रमख अतिथी नेपाली काँग्रेसका पुर्व महामन्त्री तथा वीपी विचार राष्ट्रिय समाजका केन्द्रिय सभापत्ति कुल वहादुर गुरुङ्गले कोरोना भाईरसको महामारीको बेलामा सातै प्रदेशको भर्चुअल बैठक बसेर वीपीको विचार,सिद्धान्त र आर्दशहरुलाई जनमानसमा पु¥याउनु सौभाग्यको कुरा हो भन्नुभयो । पूर्व मेची देखी पश्चिम महाकाली सम्म विपीको विचारहरुलाई आधारमानेर हिड्ने र अब आउने महाधिवेसनमा वीपीको विचारलाई आत्मसात गरेर अघि बढ्नको लागि नेतृत्व चयन गरी देशलाई वीपीको पालामा स्थिती कस्तो थियो त्यस्तै बनाउनुपर्छ ,त्यसको लागि सबै मिलेर अघि बढ्नुपर्छ उहाँले भन्नुभयो । कार्यक्रमका विशेष अतिथी सह सभापति गोविन्दराज जोशीले ःराष्ट्रियता ,प्रजातन्त्र र समाजवाद विना नेपाली काँग्रेसको अर्थ रहदैन भन्नुभयो ।
वीपीले जीवनको अन्तयमा भन्नुभएको थियो ,जुन दिन नेपाली काँग्रेस सिद्धान्तलाई छोडेर सक्तामा जान्छ त्यो दिन नेपाली काँग्रेस निर्थक भएर जान्छ र म मरेपछि नेपाली काँग्रेसले मेरो विचार ,सिद्धान्त र आर्दशलाई भ्रम फैलाउने छ । आज नेपाली काँग्रेसमा वीपीले जे भन्नुभएको थियो त्यही भइरहेको छ । वीपीले २०३३ सालमा ८ वटा ज्यान मुद्धा लाग्दा पनि उहाँ मेलमिलापको नीति लिएर नेपाल आउनुभयो र नेपालको वारेमा कुनै पनि निर्णय गर्दा नेपालकै माटोमा गर्नुपर्छ भन्ने कति धेरै महान विचारका खानी वीपी हुनुहुन्थ्यो । दुर्भाग्यको कुरा २०६२।२०६३ मा नेपाली काँग्रेसले बाह्रबुँदे सम्झौता दिल्ली गएर ग¥यो त्यहाँ नेपालको माटो कहाँ पाईन्छ जुन सम्झौता वीपी को सिद्धान्त विपरीत थियो । अब आउँने महाधिबेसनमा टिकट दिदा जसले वीपीको ,विचार ,सिद्धान्त र आर्दशलाई लिएर वीपीले देश र जनताको लागि जति सेवा गर्नु भएको थियो त्यसमा प्रतिवद्ध नेतृत्वलाई टिकट दिनुपर्छ उहाँले भन्नुभयो । कार्यक्रमकै क्रममा अर्को अतिथी तथा वीपी विचार राष्ट्रिय समाजका महासचिव विनयध्वज चन्दले भन्नुभयो हामीले वीपी विचार राष्ट्रिय समाजको गठन किन ग¥यौ भने पार्टीमा विचलन आयो ,पार्र्टीमा भोलिका दिनहरुमा ठूलो संकट आउँछ भनेर हामी चिन्तित भयौ वीपीका विचारमा असान्दिर्भिक गोष्ठी हुन थाल्यो त्यसैले हामाीले यस्तो अनैतिक काम नहोस भनेर वीपी विचारको गठन भयो ,यदि कुनै व्यक्ति व्यक्तिको पछि लागेर लड्छ भने त्यो काँग्रेस होईन,त्यसलाई काँग्रेस भन्न मिल्दैन । काँग्रेस – काँग्रेसको पछि लाग्नुप¥यो । टिकट दिदा परिवारवाद , पद र पैसामा नदिई जसले वीपीको विचार लाई आधार मानेर राजनितीक पद्धतिमा लाग्छ त्यसता व्यक्तिलाई टिकट दिनुपर्छ उहाँले भन्नुभयो । त्यसैगरी कार्यक्रमका प्रमुख वक्ता तथा कैलालीका उप –प्रध्यापक गणेश बहादुर मल्लले ःवीपी एउटा व्यक्ति मात्र नभई आर्दश ,दर्शन र विचारका खानी एक राष्ट्रप्रेमी व्यक्तित्व वीपी हुनुहुन्थ्यो भन्नुभयो । वीपी देश र जनता भनेपछि हुरुक्कै हुनुहुन्थ्यो । वीपीले राष्ट्रियता जोगाउन धेरै मिहेनेत गर्नुभयो । वीपीले धेरै आन्दोलन ,जेल जीवनलाई पार गरेर राष्ट्रियता जोगाउनुभयो । दुःखको कुरा यो छ कि आज राष्ट्रियतालाई नेपाली काँग्रेसले सक्ताको रुपमा प्रयोग गरेको छ । त्यसैले आज नेपाली काँग्रेस कमजोर भएको छ ,नेतृत्व जहिले पनि जनता प्रति उत्तरदायित्व हुनुपर्छ ।
सिमान्तकृत जनतालाई हेरेर योजना ,नियम कानुन बनाउनुपर्छ । वीपीले समाजवादको कुरा गर्दा राजनितीक र आर्थिक समानता सहितको समाजवादनै प्रजातान्त्रिक समाजवाद हो भन्नुभएको थियो । दुर्भाग्यको कुरा २०४६ सालपछि बनेको सरकारले वीपीको अवधारणालाई छोडयो । वीपीको समाजवाद पुजिवाद मुखी थियो तर २०४६ सालको क्रान्तिकारी आन्दोलनलाइ बिर्सियो । आगामी दिनमा वीपीको विचार ,सिद्धान्त र आर्दशहरुलाई आधार मानेर योजना तथा निती नियम बनाइयो भने नेपाली काँग्रेस मात्र सफल नभई देशनै सफल हुन्छ भन्ने कुरामा हामी पूर्ण विश्वश्त छौ उहाँले भन्नुभयो । त्यसैगरी कार्यक्रमका अर्का बक्क्ता लिलाराम ओलिले ःवीपी विद्यार्थी जीवनदेखि नै राजनितीमा आबद्ध हुनुहुन्थ्यो भन्नुभयो। वीपीले धेरै जेल जीवनको दुःख कष्ट सहेर राष्ट्रियता ,प्रजातन्त्र र समाजवादलाई जोगाउनु भयो । वीपीको प्रजातान्त्रिक समाजवाद १२ औं महाधिबेशनबाट पारित भयो वीपीको समाजवाद गाँस ,वास,कपास ,शिक्षा र स्वास्थ्यमा आधारित थियो । योजना बनाउदा गाँउको गरिब किसान , बिरामी भएका जनता आदि लाई हेरेर योजना बनाउनुपर्छ वीपीले भन्नुहुन्थ्यो । म जनता र राष्ट्रको लागि लडेको हुँ पद र कुर्सीको लागि होईन वीपीले भन्नुहुन्थ्यो । उहाँले सबै जनतालाई समान व्यवहार गर्नुहुन्थ्यो । वीपी सधै जनता र देशको लागि सोच्नुहुन्थ्यो । सबै जनताको राम्रो घर होस ,सबैले बिरामी हुदा स्वास्थ्य उपचार गर्न पाउन ,सबै जनताका छोराछोरीले शिक्षा पाउन भन्ने धारणा वीपीमा थियो । अब आउने नेतृत्वले पार्टीमा द्धन्द्ध ,मतभेद,गुट उपगुट आदि अनैतिकताहरुलाई त्यागेर मेलमिलापको सिद्धान्त ,वीपीको विचार ,सिद्धान्त र आर्दृशहरुलाई आत्मसात गर्दै नेपाली काँग्रेस सफलता पुर्वक अगाडि बढोस उहाँले भन्नुभयो ।
उक्त कार्यक्रममा स्वागत मन्तव्य यज्ञराज पन्तले गर्नु भएको थियो भने कार्यक्रममा मन्तव्य दिनुहुनेहरु ,विजयराज श्रेष्ठ ,सन्तोषी आर्यर ,रमेश भन्डारी ,जंग बहादुर चौधरी ,जीवन श्रेष्ठ ,शेरबहादुर भट्टराई,गंगा बहादुर कँुवर ,चन्द्र सिंह भट्टराई,गोविन्द जोशी( कैलाली) ,सुनिल कुमार भण्डारी ,लक्ष्मण घिमिरे,रामबहादुर गुरुङ्गले सान्दिर्भिक विचार व्यक्त गर्नु भयो । उक्त कार्यक्रमको सञ्चालन वीपी विचार राष्ट्रिय समाज कैलालीका पूर्व सचिव नरेन्द्र भट्टले गर्नुभएको थियो । कार्यक्रमका सभापत्तित्व वीपी विचार राष्ट्रिय समाज सुदूरपश्चिम प्रदेशका सभापत्ति विर बहादुर हमालले भन्नुभयोः आज काँग्रेस वीपीले देखाएको बाटो बाट विचलित भएको छ ,भोलिको दिनमा नेपाली काँग्रेसले वीपीको बाटोमा हिड्नुपर्छ भन्दै आगामी दिनहरुमा पनि यसैगरी कार्यक्रम हुदै जाओस भन्दै सम्पूर्ण उपस्थित नेतृत्व वर्गलाई धन्यवाद दिदै कार्यक्रमलाई समाप्त गर्नुभयो ।

nema
Show More

Related Articles

Back to top button