breakingसंस्था गतिबिधीवाग्मती प्रदेशवी पी विचार

बीपी विचार समाजको साधारण सभा सम्पन्न

२२ चैत्र २०७७, काठ्माडौं ।

बीपी विचार राष्ट्रीय समाजको दुईदिने तेस्रो साधारणसभा समाजका वर्तमान सभापति श्री कुलबहादुर गुरूगंलाई अर्को कार्यकालका लागि पुन: सर्वसहमतिमा सभापतिमा निर्वाचित गर्दै आज समापन भएको छ । समाजको तेस्रो साधारण सभाको हिजो एक समारोह बीच समाजका सभापति श्री कुलबहादुर गरूगंले पानसमा दिप प्रज्वलन गरेर समुद्घाटन गर्नु भएको थियो । सो अवसरमा समाजका सभापति श्री गुरूंगले भावुक शैलीमा वोल्नुहुँदै ‘अब आँफ्नो जीवन डाँडा काट्न लागेको घाम जस्तै रहेको, खुट्टा लरवराउन थालिस्क्यो, जिब्रो लरवराउन लाग्यो भन्नुहुँदै युवा जमात यो समाजमा अग्रसर वनेर बीपी विचारको यो अभियानलाई अगाडी वढाउनु पर्यो, काँग्रेस वचाउनु पऱ्यो, प्रजातन्त्र जोगाउनु पऱ्यो भन्नु भयो ।उद्घाटन सत्रलाई समारोहको विशिष्ठ अतिथिको रूपमा सम्वोधन गर्दै नेपाली काँग्रेसका पूर्व महामन्त्री एवं पूर्व सभामुख तारानाथ रानाभाटले बीपीको विचार र चिन्तनलाई छोडेर हिडेको कारण वर्तमान नेपाली काँग्रेस इतिहास कै सबै भन्दा कठिन मोडमा उभिएको छ भन्दै काँग्रेसलाई जीवन्त पार्टीको रूपमा पुनर्स्थापित गर्न बीपीको विचार मार्गमा आउनु पर्ने कुरामा जोड दिनु भयो । कार्यक्रमका अर्का विशेष अतिथि संविधान विद् वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले वर्तमान राजनीतिक परिस्थितिमा बीवी विचारको सान्दर्भिकता अझ बढेको छ, ओली यही गतिमा अगाडी बढे उनी दोस्रो लेण्डुप दोर्जे हुने छन्, देशको राष्ट्रीयता संकटमा पर्न सक्छ । देशलाई बचाउन प्रजातान्त्रिक शक्ति वलियो हुनु ज़रूरी छ, त्यसका लागि काँग्रेस वलियो हुनुपर्छ ।

काँग्रेसले बीपीको विचारलाई अंगिकार गर्दै नेपाली राजनीति भित्र देखिएको अन्योलतालाई चीर्दै प्रजातन्त्रलाई बचाउन अग्रसर हुन जरूरी छ भन्दै समाजको थप सक्रियताको आशा गर्नु भयो । समाजका सह-सभापति गोविन्दराज जोशीले उद्घाटन सत्रलाई सम्वोधन गर्दै बीपी कोइरालाले नेपाली काँग्रेसलाई स्थापना गर्नु भएको हो, काँग्रेसले बीपीलाई स्थापित गरेको हैन तर अहिलेका नेतालाई भने काँग्रेसले स्थापित गरेको हो भन्दै काँग्रेसले बीपीको विचार र चिन्तनलाई परित्याग गरेकै कारण पार्टीमा पुन: बीपी विचार र चिन्तन स्थापित गर्न कै लागि हामीले यो समाजको स्थापना गरेर सक्रिय हुनु परेको छ भन्ने कुरामा जोड दिनु भयो ।हिजोको सत्रमा महासचिव विनयध्वज चन्द, आर्थिक प्रतिवेदन कोषाध्यक्ष श्रीमती गीता रेग्मी र राजनीतिक प्रस्ताव सँस्थापक सदस्य लोकेश ढकालले प्रस्तुत गर्नु भएको थियो ।

आजको सत्रमा सातै प्रदेशका सभापतिहरूले सातै प्रदेशका छुट्टाछुट्टै प्रदेशको समूह छलफलबाट निस्कर्ष सहित आफ्नो प्रदेशको सांगठनिक गतिविधि प्रस्तुत गर्नु भएको थियो । यसरी विचार प्रस्तुत गर्नुहुनेमा दीपक लोहनी प्रदेश नं. १, चुन्निशरण यादव प्रदेश नं. २, खेमराज सेढाईँ बागमती प्रदेश, लुम्बिनी प्रदेशबाट अरूणसिंह राठौर र हस्तबहादुर मल्ल कर्णाली प्रदेश र प्रदेश नं. ७ बाट बीरबहादुर हमाल र गण्डकी प्रदेशबाट प्रतिनिधिको रूपमा डेकेन्द्रराज कँडेलले धारणा राख्नु भएको थियो ।

समाजको ६४ जिल्ला समिति र जापान शाखा र अमेरिकाबाट समेत सहभागिता रहेको दुई दिने साधारण सभामा समाजका केन्द्रीय सदस्य काँग्रेस नेता लक्ष्मण घिमिरे लगायत केन्द्रीय सदस्य सहित ५० भन्दा बढि जिल्ला सभापतिहरूले मन्तव्य राख्नु भएको थियो । आजको सत्रले महासचिव विनयध्वज चन्दले प्रस्तुत गर्नु भएको महासचिवको प्रतिवेदन, कोषाधक्ष्य गीता रेग्मीजीले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन र लोकेश ढकालले प्रस्तुत गर्नु भएको राजनीतिक प्रस्तावलाई संशोधन सहित सर्वसम्मतिले पारित गरेको थियो । समापन समारोहमा पूर्व सभामुख एवं नेपाली काँग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाटले शुभ कामना मन्तव्य राख्नु भएको थियो । सभापति कुलबहादुर गरूगंले सम्वद्ध सबैलाई धन्यवाद दिंदै साधारण सभा समापन भएको घोषणा गर्नु भएको थियो । कार्यक्रमको संञ्चालन वीपी विचार राष्ट्रिय समाजका उपमहासचिव श्री राम बहादुर गुरुङ्गले गर्नुभएको थियो ।कार्यक्रमको केही झलकहरू ….!-

nema
Show More

Related Articles

Back to top button