समाचारवी पी विचार

३८ औं वीपी स्मृति दिवसमा एक वृक्षारोपण कार्यक्रम सम्पन्न

 
 

 
कैलाली श्रावण ६,
३८ औं वीपी स्मृति दिवस वीपी विचार राष्ट्रिय समाज, टीकापुर शाखाको आयोजनामा कैलालीमा वीपी विचार राष्ट्रिय समाज टीकापुरका सभापति श्री गोर बहादुर खड्काको सभापतित्वमा एक विशेष श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भयो । समारोहको सुरुमा वीपी कोइरालाको तस्वीरमा माल्र्यापण गरिएको थियो ।
समारोहमा प्रमुख अतिथी वीपी विचार राष्ट्रिय समाजका केन्द्रिय महासचिव श्री विनय ध्वज चन्द ज्यू, बाट टीकापुर न.पा. १ बर्दा देवी मन्दिरको परिसरमा स्वामीको बिरुवा रोपन कार्यक्रम समेत भएको थियो ।भन्दै क्षे.नं १ का उप –सभापति श्री नेत्र बहादुर रावलले जानकारी दिनुभयो ।
उक्त समारोहमा प्रमुख अतिथी वीपी विचार राष्ट्रिय समाजका केन्द्रिय महासचिव श्री विनय ध्वज चन्दले विशेष मन्तव्य दिनु हुदै वीपी कोईरालाको विचार अहिले पनि हाम्रा लागि मार्गदर्शकको रुपमा रहेको छ । अहिले नेपाली काँग्रेसले वीपीे कोईरालाको आदेश, सिद्धान्त र विचारलाई छोड्दा नेपाली राजनितीमा नेपाली काँग्रेस गौण भएको छ भन्नुभयो । समारोहमा निम्न बमोजिम उपस्थित रहेको छ ।
 
उपस्थित
सभापत्तित्व ग्रहण –गोर ब. खड्का (सभापत्ति)
विनय ध्वज चन्द – प्रमुख अतिथी (महा –सचिव के. वीपी)
कार्यक्रम सञ्चालक –नेत्र बहादुर रावल ( उप –सभापत्ति क्षे.नं १ )
वक्ता
श्री विनय ध्वज चन्द –प्रमुख अतिथी (महा –सचिव)
श्री चन्द्र सिंह भट्टराई – ( पूर्व के. स. ने. का)
श्री वीर बहादुर हमाल –(के .स. ÷सु. प. प्र. संयोजक)
श्री गंगा बहादुर कुवर – ( के. स. ÷ विपी. पूर्व सांसद)
श्री फकिर सिंह कडाँयत– (नेता. ने. का.÷ मा .स)
श्री जंग बहादुर साउद – (नेता .ने .का. पूर्व मा.सा)
श्री भुवनेश्वर अधिकारी– (क्षेत्रिय सभापति. ने .का)
श्री नृप ब. खडका – (मा. स.÷ सु. प. प्रदेश सदस्य)
श्री रण ब. रावल – ( पूर्व. जि .का. स. स. ने. का)
श्री डा. जगत ब. सिंह रावल – ( पूर्व क्या. प्र )
श्री जंग ब. चौधरी – (स्रोत परिचालन. के .स विभाग)
३८ औं वीपी स्मृति दिवसको अवसरमा सभापत्ति श्रीे गोर ब. खड्काको उपस्थितमा सम्पूर्ण सहभागीहरुलाई धन्यावाद दिदै ३८ औं वीपी स्मृति दिवस सम्पन्न भएको जानकारी दिनुभयो ।

nema
Show More

Related Articles

Back to top button