वी पी विचारसमाचार
स्व. रुक्म शमशेर प्रति वीपी विचार राष्ट्रिय समाजबाट हार्दिक श्रद्धाञ्जली
काठमाडौ ,भाद्र २७
नेपाली काँग्रेसका संस्थापक नेता तथा नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिनु भएका स्व. शुवर्ण शमशेरका सुपुत्र पूर्व सांसद एवंम पूर्व राजदुत रुक्म शमशेर राणाको यही मिती २०७८÷०५÷२६ गते निधनभएको खबरले वीपी विचार राष्ट्रिय समाजका केन्द्रिय सभापति श्री कुलबहादुर (के.वी) गुरुङ , सह–सभापति श्री गोविन्द राज जोशी, महा–सचिव श्री विनय ध्वज चन्द तथा यस समाजका सम्पूर्ण शुभ चिन्तकज्यूहरु अत्यन्त दुःखी एवं मर्माहत भएका छौ । शोकको यस घडीमा दुःख सहन एवं धैर्यधारण गर्न शक्ति प्राप्त होस् भनी ईश्वरसँग प्रार्थना गर्दै उहाँको परिवारजन प्रति गहिरो संम्वेदना प्रकट गर्दछौ । दिंवगत आत्माको चिर शान्ति एवं वैकुण्ठमाबासको कामना सहित भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दछौ ।