समाचार

भारतीय प्रधानमन्त्री मोदीको भ्रमणमा अन्नपूर्ण पदमार्ग ३ दिन बन्द हुने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुस्ताङ भ्रमणकाक्रममा अन्नपूर्ण पदमार्ग बन्द हुने भएको छ ।
मुक्तिनाथ जाने पर्यटक थोराङ्ला भञ्ज्याङ पार गरेर मन्दिर पुग्ने भएकाले सुरक्षाका लागि पदमार्ग बन्द गर्न लागिएको हो ।
मनाङका निमित्त प्रमुख जिल्ला अधिकारी जयराम भण्डारीले तीन दिनसम्म पदमार्गमा आवत–जावत बन्द गर्न लागिएको बताउनुभयो ।
वैशाख २७ देखि २९ गतेसम्म पदमार्ग बन्द गरिने भण्डारीले उनले बताए ।
अन्नपूर्ण पदमार्गमा आउने पर्यटक तीन दिनसम्म मनाङमै रोकिने भएका छन ।
मनाङबाट थोरङ्ला भञ्ज्याङ जाने पर्यटकलाई रोक लगाउन अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)लाई निर्देशन दिइएको भण्डारीले बताउनुभयो ।
भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणकाक्रममा यही वैशाख २८ गते मुस्ताङको मुक्तिनाथ दर्शनका लागि जाने कार्यक्रम छ ।

nema
Show More

Related Articles

Back to top button