breakingसमाचारनेपाली कांग्रेस

गिरिजाप्रसाद र सुशील कोइरालालाई सरकारले अपमान गरेको कांग्रेसको आरोप

४ माघ, काठमाडौैँ÷नेपाली काँग्रेसले पूर्व प्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालालाई सरकारले अपमान गरेको भन्दै आपत्ति जनाएको छ । शुक्रबार प्रतिनिधि सभामा प्रधानमन्त्रीले सांसदहरुको प्रश्नको प्रत्यक्ष उत्तर दिने कार्यक्रम सकिएपछि विशेष समय लिएर बोल्दै नेपाली काँग्रेसका सचेतक बालकृष्ण खाँणले आपत्ति जनाएका हुन् ।

केही दिन अघि मात्रै विभिन्न ११ अस्पताल र उपचार केन्द्रहरुलाई स्वीकृतिको लागि मन्त्रिपरिषद्मा पेश गरिएकोमा ९ वटा अस्पताल र उपचार केन्द्रहरुलाई अस्पतालले स्वीकृत गरेको छ । दुईवटा उपचार केन्द्रहरुलाई मन्त्रिपरिषद्ले स्वीकृति नगरेकोमा आफूहरुको गम्भीर ध्यानाकर्षण भएको खाँणाले उल्लेख गरे ।

जीपी कोइराला राष्ट्रिय स्वासप्रश्वास केन्द्र तनहूँ, सुशील कोइराला क्यान्सर अस्पताल बाँके नेपालगञ्जलाई मन्त्रिपरिषद्ले अहिलेसम्म पनि स्वीकृत नगरेको प्रति उनले आपत्ति जनाएका छन् । उनले यसलाई अविलम्ब स्वीकृत गर्नको लागि पनि आग्रह गरेका छन् ।

उनले अहिले सरकारले यी संस्थाहरुलाई सरकारले विघटनमा लैजान लागेको आरोप लगाउँदै विघटन नभई यसलाई सञ्चालनमा ल्याउन पनि खाँणले सरकारसँग आग्रह गरेका छन् ।

nema
Show More

Related Articles

Back to top button