समाचार

नेपालमा रेल भन्दा पहिला पानीजहाज चढ्न पाइने भयो – प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले रेल भन्दा पहिला पानी जहाज चढ्न पाइने बताएका छन् ।

बिहिवार ललितपुरको एकान्तकुनामा नेपाल पानी जहाज कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालको सीमासम्म भारतले पानी जहाज सञ्चालन हुने अवस्था निर्माण गरिसकेको भन्दै केही समयमै पानी जहाज चढ्न पाइने स्पष्ट पारेका हुन ।

प्रधानमन्त्री ओलीले नेपालको खोलाका चौडाइ र गहिराइका आधारमा जहाज निर्माण गर्न पनि इञ्जिनीयरहरुलाई सुझाव दिए ।

प्रधानमन्त्री ओलीले विसं २०२७ मा नै पानीजहाजको सम्भावनाका बारेमा अध्ययन भएको उनले सुनाए ।

मन्त्रिपरिषद्को गत पुस २९ गतेको बैठकले उपसचिवको नेतृत्वमा १६ कर्मचारी रहने गरी कार्यालय स्थापनाको निर्णय गरेको थियो ।

nema
Show More

Related Articles

Back to top button