विश्व

ढाकामा आगलागी, कम्तिमा ७० जनाको मृत्यु

ढाका, फागुन ९ । बंगलादेशको राजधानी ढाकामा भएको आगलागीमा परी कम्तिमा ७० जनाको ज्यान गएको छ । आगलागीमा परी झण्डै ४० जना गम्भीर घाइते भएका छन् ।

ढाकाको भिडभाडयुक्त क्षेत्र चौकबजारको एक आवासीय भवनबाट आगलागी सुरु भएको थियो । उक्त भवनमा रासायनिक पदार्थको गोदाम पनि थियो ।

ढाकाको पुरानो शहरमा आगलागी भएकाले त्यहाँका अरु भवनमा पनि आगो फैलिएको बंगलादेशका सञ्चार माध्यमहरुले जनाएका छन्। अग्नि नियन्त्रण सेवाका महानिर्देशक अली अहमद खानले बीबीसीलाई बताएअनुसार राति १० बजपछि आगो लागेको हो ।

आगो नियन्त्रणमा लिन ३७ वटा दमकल त्यहाँ पुगेका थिए । आगो करिब नियन्त्रणमा आएको बताइएको छ । आगो लाग्नुको कारण थाहा भएको छैन । खानले साँघुरो बाटो र पानीको अभावमा आगो नियन्त्रणमा अप्ठ्यारो परेको पनि बताए ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button