समाचार

पाँचथरमा ज्वाई–ससुराकै परिवारको नृशंस सामूहिक हत्या

७ जेष्ठ, पाँचथर÷ पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा गत राति दुई परिवारका नौ जनाको विभत्स हत्या गरिएको छ ।
घटनास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार गए राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो ।
भागेर ज्यान बचाएकी १२ वर्षीया सीता खाजुमले कपडाले मुख छोपेर आएका एक व्यक्तिले खुकुरी प्रहार गरेर परिवारका सबै सदस्यको हत्या गरेको बयान दिएकी छिन् ।
प्रदेश नम्बर एक प्रहरी स्रोतका अनुसार बिहानपख सम्पर्कमा आएकी सीताले खाना खाएर सुतिसकेपछि आएका एक व्यक्तिले खुकुरी प्रहार गरी पालैपालो ज्यान लिएको बयान दिएकी हुन ।
स्थानीयको सम्पर्कमा बिहान आएकी सीतालाई प्रहरीले आफूसँगै राखेको छ। उनी अहिले जिल्ला प्रहरी कार्यालयमा छिन्।
घटनास्थलमा छानबिन गर्न केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले एसपी उमाप्रसाद चतुर्वेदीको नेतृत्वमा टोली खटाइसकेको छ। प्रदेश नम्बर एकबाट पनि कुकुरसहितको टोली घटनास्थलमा गएको छ ।
प्रहरी स्रोतका अनुसार घटनामा संलग्न व्यक्तिको पहिचान भइसकेको छ।
विभिन्न कोणबाट अनुसन्धान गर्दा र बालिकाले दिएको हुलियाका आधारमा हत्याराको पहिचान गरिसकेको प्रहरीले जनाएको छ ।
प्रहरीले पारिवारिक रिसिइबीका कारण दुई परिवारका ९ जनाको हत्याएको निश्कर्ष समेत निकालेको छ।
प्रहरीका अनुसार घटनास्थल नजिकै एक व्यक्तिले आत्महत्या गरेका छन्।
स्थानीय मान बहादुर माखिम झुण्डिएको अवस्थामा फेला परेका छन्। यस विषयमा पनि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
हत्या गरिएकामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button