समाचार

गैरसरकारी संस्थालाई कडाई गर्ने सरकारको तयारी

५ असार, काठमाडौं । सरकारले विनाअनुमति स्थानीय तहमा कुनै पनि कार्यक्रम सञ्चालन गर्न गैरसरकारी संस्थाहरुलाई प्रतिबन्ध लगाउने तयारी गरेको छ ।
अनुमतिविना कुनै पनि गैरसरकारी संस्थाहरुलाई छुट्टै कार्यक्रम सञ्चालन गर्न प्रतिबन्ध लगाउन लागिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बताए। सरकारसँग सहकार्य गरेर मात्रै स्थानीय तहमा गैरसरकारी संस्थाहरुले आफ्नो कार्यक्रम संचालन गर्न सक्ने उनले जानकारी दिए ।
स्थानीय तहको क्षमता अभिवृद्धिका लागि आयोजित अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री पण्डितले स्थानीय तहमा जनताको सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउने गरी ‘स्थानीय सरकार संचालन ऐन’ परिमार्जन गर्ने उल्लेख गरेका छन्। स्थानीय तहलाई जनताको कामप्रति जवाफदेही बनाउन सरकारले सो ऐन परिमार्जन गरेर अघि बढने निष्कर्ष निकालेको हो ।

Show More

Related Articles

Back to top button