breakingसमाचार

कांग्रेस केन्द्रीय समिति बैठक साउन २६ गतेसम्मको लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सरेको छ । पार्टीका अन्तरिम संरचना गठनसम्बन्धी निर्देशिका निर्माणमा ढिलाइ भएका कारण बुधबारका लागि बोलाइएको बैठक साउन २६ गतेको लागि सारिएको हो ।
कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले निर्देशिका तयारीको काम जारी रहेकाले बुधबारका लागि डाकिएको बैठक स्थगित गरिएको बताए । यस्तै अर्का केन्द्रीय सदस्य डा. डिला संग्रौलाले पनि पदाधिकारीलाई जिम्मा दिइएको निर्देशिका निर्माणको काम पूरा नभएकाले बैठक सारिएको बताइन् ।
बुधबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक साउन २६ गते २ बजे बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बुधबारको बैठकमा अन्तरिम संरचना निर्माणका लागि तयार पारिएको निर्देशिकाबारे छलफल गरेर पारित गर्ने कार्यतालिका रहेको थियो ।
कांग्रेसले अन्तरिम संरचना गठन तथा १३ औं महाधिवेशन अघि केन्द्रीय सदस्य नरहरि आचार्यको संयोजकत्वमा गठित क्रियाशील सदस्यता छानविन समितिले निर्णय गरे बमोजिमको क्रियाशील सदस्य अभिलेखलाई मंसिर मसान्तसम्म अद्यावधिक गरिसक्ने पनि निर्णय गरेको थियो ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button