समाचार

कोरोना सन्त्रास ः जघन्य अपराधका आरोपी बाहेकका थुनुवालाई गर्ने सरकारको तयारी

६ फागुन, काठमाडौैँ÷ सरकारले जघन्य अपराधका आरोपी बाहेकका थुनुवालाई रिहा गर्ने तयारी थालेको छ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गम्भीर अपराध बाहेकका थुनुवालाई रिहा गर्ने तयारी थालेको हो ।
 
त्यसका लागि महान्यायाधिवक्ताको कार्यालयले प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीलाई छलफलका लागि बोलाएको छ । गम्भीर अपराध बाहेक लागुऔषध दुर्व्यसनी, अभद्र व्यहार लगायतका कसुरमा थुनामा रहेकालाई रिहा गर्नेबारे महान्यायाधिवक्ता कार्यालय र प्रहरी प्रधान कार्यालयबीच छलफल हुन थालको हो ।
 
सरकारले हिजो २५ जनाभन्दा बढी फेला हुन पाउने गरी निर्देशन दिएको थियो । प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समितिले आज सरकारलाई नीतिगत निर्णय गरेर कैदीबन्दी घटाउन सरकारलाई निर्देशन दिएको हो । कारागार तथा बालगृह अनाथलयहरुमा मानिसहरुको भीडभाड भएकाले त्यसको संख्या घटाउन के–के गर्न सकिन्छ भनेर गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको समितिका सभापति कृष्णभक्त पोखरेलले जानकारी दिनुभयो ।

nema
Show More

Related Articles

Back to top button