समाचार

बस दुर्घटनामा ४० जना घाइते

१९ बैशाख, काठमाडौैँ ÷ बाराको चुरीयामाइमा बुधवार बिहान विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० जना विद्यार्थी र शिक्षक घाइते भएका छन् । झापाबाट स्कुले विद्यार्थी बोकेर आएको मे १ ख २४२९ नम्बरको मकालु बसलाई ना ५ ख ३५८२ नम्बरको ट्रकले ठक्कर दिँदा बसमा रहेका विद्यार्थी र शिक्षक गरी ४० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय मकवापनुरका निमीत्त प्रहरी प्रमुख दिलीपराज झाले बताउनुभयो ।
नेल्टा झापाको एक्सेस कार्यक्रम अन्तर्गत पोखरामा हुने कार्यक्रममा जान लागेका स्कुले विद्यार्थीहरु बिहान २ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ ्। ४० जना घाईते मध्ये एक जनाको काठमाडौं, ६ जनाको भरतपुर र अन्य ३३ जनाको हेटौंडा अस्पतालमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।

nema
Show More

Related Articles

Back to top button