समाचार

राष्ट्रियसभामामा छलफल जारी

२७ बैशाख, काठमाडौ÷ राष्ट्रियसभामा आर्थिक बर्ष २०७५÷७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा बिहिवार पनि छलफल जारी छ । अर्थमन्त्री डा युवाराज खतिवडाले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल गरियोस् भनी हिजोको बैठकमा प्रस्तुत गर्नुभएको थियो । प्रस्तावमाथिको छलफलको क्रममा बलरामप्रसाद बास्कोटाले अर्थमन्त्रीले प्रस्तुत गर्नुभएको प्रस्तावमा समृद्ध नेपाल र सुखी नेपालको लक्ष्य प्राप्त गर्ने मार्गचित्र सकारात्मक रहेको उल्लेख गर्नुभयो ।
सांसद राधेश्याम अघिकारीले अर्थमन्त्रीले प्रस्तुत गर्नुभएको स्वेतपत्रले आँकलन गरेजस्तो मुलुकको आर्थिक अवस्था नरहेको टिप्पणी गर्नुभयो । शिक्षामा बजेट घटेकोको बताउँदै उच्च शिक्षा र अनुसन्धानको विषयमा विनियोजन विधेयकले नछोएको बताउनुभयो । सांसद जीवन बुढाले आर्थिक र समृद्धिका आधारले मूलभूत रुपमा बजेटका प्राथमिकताप्रति सहमत भए पनि दुर्गम र सुगमका लागि एउटै बास्केटमा हाल्ने प्रवृत्ति गलत भएको तर्क दिनुभयो ।
सांसद रामप्रित पासवानले समाजवादी अर्थतन्त्रको खोलभित्र पूँजीवादी अर्थतन्त्रको परिकल्पना गर्नु नै त्रुटि रहेको बताउँदै वर्गीय र जातीय विभेदको समस्या समाधान नगरिकन विकास सम्भव नभएकाले विभेद र कुरीति निरुत्साहित गर्ने बजेट ल्याउन सुझाव दिनुभयो । राष्ट्रियसभाको बैठक जारी रहेको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button