समाचार

प्रहरीमाथि आक्रमण गर्ने विप्लवका कार्यकर्ता पक्राउ

१ जेष्ठ, काठमाडौैँ÷डोल्पा–प्रहरीको स्कटिङ टोलीमाथि आक्रमण गर्ने विप्लवका दुई जना कार्यक्रर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेत तातोपानीका नरबहादुर राना र सुर्खेत अवलचिङका सन्तोष खड्का रहेका छन् ।उनीहरूलाई त्रिपुराकोट, जुफाल,दुनैबाट खटिएको प्रहरी टोलीले झाडीमा लुकिरहेको अवस्थामा त्रिपुरा सुन्दरी नगरपालिका ३ जीउबाट सोमबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।
नेपाल बन्दको शिलशिलामा ३० वैशाखमा पक्राउ परेका नेकपा माओवादीका कार्यकर्ता डोल्पा मुड्केचुला गाउँपालिका–२ घर भएका नेकपाका जिल्ला सदस्य ३६ वर्षीय सागर शाहीलाई सदरमुकाम दुनै लैजाँदै गर्दा ठुलीभेरी नगरपालिकाको वडा नं ९ मा पर्ने भेत्ती डाँडाबाट प्रहरीमाथि नै आक्रमण गरेर शाहीलाई भगाएपछि प्रहरीले ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेर पक्राउ गर्न सफल भएको प्रहरी नायव उपरीक्षक हरी प्रसाद शर्माले बताउनुभयो ।
घटनामा संलग्न छ जना मध्ये दुईजना पक्राउ सफल भएपनि तीनजना फरार रहेको र खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ।

nema
Show More

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button