समाचार

राष्ट्रकवि घिमिरेलाई उपचारका लागि दिल्ली लगियो


९ जेठ, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारको लागि बुधबार भारत लगिएको छ ।
धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराइरहेका घिमिरेलाई थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा लगिएको हो ।
घिमिरेको आन्तरिक रक्तस्राव नरोकिएपछि चिकित्सकको सल्लाहमा उपचारका लागि भारत लैजान लागिएको छोरी उषाकिरण अधिकारीले जानकारी दिइन् ।
गत वैशाख २८ गतेदेखि निरन्तर आन्तरिक रक्तस्राव भएपछि राष्ट्रकवि घिमिरे अस्पताल भर्ना भएका थिए । उनको उपचारमा संलग्न चिकित्सक डा‍. विवेक शर्माले सानो आन्द्राबाट नियमित रक्तश्राव आउने ठाउँ पत्ता लाग्न नसकेकाले थप उपचारको लागि भारत लैजान सुझाव दिएको बताए ।
विसं १९७६ असोज ७ गते जन्मिएका घिमिरेको मुटु, मिर्गौला र फोक्सोमा समस्या देखिएकाले चार महिनादेखि अस्पताल लाने र ल्याउने गरिँदै आइएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि घिमिरेको स्वास्थ्य अवस्थाबारे सोमबार जानकारी लिँदै उपचार खर्च सरकारले व्यहोर्ने बताएका थिए ।

२०७५ जेठ ९ गते १८:३३ मा प्रकाशित

nema
Show More

Related Articles

Back to top button