समाचारसंस्था गतिबिधी

वी. पी. विचार राष्ट्रिय समाज धनुषा साखाको जिल्ला अधिवेशन सम्पन्न , सुुरेश कोइराला जिल्ला सभापतिमा निर्वाचित

धनुषा जेष्ट ११ गते ,
वी. पी. विचार राष्ट्रिय समाज धनुषा साखाको जिल्ला अधिवेशन धनुषा जिल्ला ,जनकपुरको शिक्षक संधको सभागृहमा सम्पन्न भएको छ । उक्त अबिधेसनमा प्रमुख अतिथि पुर्व सांसद दिनेस प्रसाद प्रशैलले नेपाली कांग्रेसले वी. पी. ले अवलम्वन गर्नु भएको नितिलाई छोडेर केवल सत्ताको राजनिति गर्दा आज नेपाली कांग्रेसको यो अवस्था भएको हो भन्नु भयो ।

अव नेपाली कांग्रेसलाई पहिल्यैको अवस्थामा लैजान सवैले आफुले विगतमा गरेको कमि कमजोरीहरुलाई महसुस गरेर वी.पीले देखाएको वाटो हिडनु एक मात्र विकल्प भएको उहाले भन्नु भयो । त्यसकोलागी पार्टिले कार्यकर्ताहरुलाई प्रहिक्षण दिने र कार्यकर्ताहरुको हौसला वडाउने काम गर्नु पर्ने वताउनु भयो ।

समारोहमा वी. पी. विचार राष्ट्रिय समाज २ नं प्रदेसका संयोजक श्री चुन्नि शरण यादवले नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले वी. पी.ले सिकाएको वाटो अवलम्वन गर्नु पर्ने एक मात्र वाटो भएको वताउनु भयो । समारोहमा वी. पी. विचार राष्टिय समाज धनुसाका निवर्तमान सभापति श्री राम पल्टन शाहले भन्नु भयो कांग्रेसलाई पहिलेकै अवस्थामा पु¥याउन कांग्रेस भित्र एकताको आवश्यकता भएको छ । उहाले वी पी.ले देखाएको वाटो हिडेमा मात्र कांग्रेसमा एकता हुन्छ भन्नु भयो । समारोहमा नेपाली कांग्रेस धनुषाका पुर्व मेयर वजरङ्ग. प्रसाद शाह , नेपाली कांग्रेस धनुसाका निर्वाचित जिल्ला सचिव विशेश्वर यादव , पुर्व जिल्ला सचिव कोमल कान्त झा , धनुषा प्रेस युनियनका अध्यक्ष शैलेन्द्र झा , नेपाल शिक्षक संघ २ नं प्रदेशका सदस्य मेघनाथ झा , पुर्व नगर सभापति धिरेन्द्र मोहन झा ,क्षेत्रिय सदस्य मेनि नराफ, कमलामाई नगरपालीकाकी उपमेयर शिला देवि मण्डलले आफुहरु वि पी. को वाटोमा हिडने प्रण गर्दै नव निर्वाचित पदाधिकारीहरुलाई शुभकामना दिनु भयो । समारोहका सभापतित्व निवर्तमान सभापति श्री राम पल्टन शाहले गर्नु भएको थियो ।

सम्मेलनले सुरेश कोइरालाको सभापतित्वमा विनोद कुमार यादव उप सभापति , धर्मनाथ यादव सचिव , अजय सिंह सह सचिव र शिला देवि मण्डल लाई कोषाध्यक्षमा मनोनयन गरेको छ । यसरीनै सदस्यहरुमा राम मुनि कुशवाह , जीतेन्द्र यादव , धनिराम दास , राकेस दाश , उपेन्द्र कुमार यादव ,हारसिम मदाफ ,राज किशोर शाह ,राधेश्याम राय , र शन्जु देवि पाशवान लाई सदस्यमा मनोनयन गरेको छ । कार्यक्रमको संचालन नेका धनुषाका कार्यकर्ता विजय चौधरीले गर्नु भएको थियो ।

nema
Show More

Related Articles

Back to top button