समाज

सरकार पछि हट्यो, पुँजीगत लाभकर पुरानै हुने ।

काठमाडौं, जेठ २३ । सेयर लगानीकर्ताको आन्दोलनपछि सरकार हकप्रद र बोनस सेयरको आधारमूल्यमा पुँजीगत लाभकर लगाउने निर्णयबाट फिर्ता भएको छ ।
लगानीकर्तासँग बुधबार दिउँसो भएको वार्तामा सरकारले चालू आर्थिक वर्षभरि पुरानै व्यवस्थाअनुसार पुँजीगत लाभकर गणना गर्ने निर्णय भएको अर्थ मन्त्रालयले जनाएको छ ।
लगानीकर्ताले कारोबार नै रोकेर आन्दोलनमा उत्रिएपछि मन्त्रालयले सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा सुझाव समिति गठन गरेको थियो ।
लगानीकर्तासँग भएको सहमतिअनुसार समितिको प्रतिवेदनपछि त्यसैअनुसार अगाडि बढ्ने गरी हाललाई पुरानै व्यवस्था कायम गरिएको अर्थ मन्त्रालयका प्रवक्ता झक्कप्रसाद आचार्यले जानकारी दिए ।

nema
Show More

Related Articles

Back to top button