समाचारसमाज

काँगे्रसले आफूले जितेका स्थानीय तहमा कर घटाउने

३ भाद्र , काठमाडौैँ÷नेपाली कांग्रेसले आफूले जितेका स्थानीय तहका प्रमुख र उपप्रमुखलाई करका विषयमा गम्भीर बन्न निर्देशन दिएको छ ।
स्थानीय तहमा कर नबढाउन कांग्रेसले अनौपचारिक सकुर्लर जारी गरेको हो । कांग्रेसले आफ्नो नेतृत्वका स्थानीय तहमा कर वृद्धि गरिएको भए फिर्ता लिन समेत आग्रह गरेको छ ।
कांग्रेसले स्थानीय तहमा वृद्धि गरेका कर फिर्ता लिन र जनताको सेवामा स्थानीय तहलाई संलग्न गराउन आफूले जितेका स्थानीय तहका प्रमुखको भेला पनि गर्ने भएको छ ।
कांग्रेसले भदौ दोस्रो साता स्थानीय तहमा विजयी कांग्रेसका मेयरको भेला काठमाडौंमा आयोजनाको गृहकार्य भइरहेको छ ।
कांग्रेस महामन्त्री डा।शशांक कोइरालाले शनिबार विराटनगरमा पार्टी विजयी भएका स्थानीय तहमा कर नबढ्ने बताएका थिए ।
भदौ १२, १३ र १४ गते काठमाडौंमा नगरपालिका महासंघको भेला हुन लागेको मौका छोपेर कांग्रेसले आफ्नो पार्टीबाट विजयी मेयरसँग छलफल गर्ने तयारी गरेको छ ।
काठमाडौं जिल्लाको चन्द्रागिरि नगरपालिकासहित कांग्रेसले जितेका अन्य स्थानीय तहमा समेत कर वृद्धि नगरी कांग्रेसले अन्य स्थानीय तहमा गरिएको कर वृद्धिको विरोध गर्ने भएको छ । धनगढी उपमहानगरपालिकाका मेयर निर्पबहादुर ओडले पनि कांग्रेस विजयी स्थानीय तहमा कर नबढ्ने जानकारी दिएका छन् ।

nema
Show More

Related Articles

Back to top button