समाचार

प्रधानन्यायाधीशको नाम सिफारिस गर्न संवैधानिक परिषद बैठक आज साँझ बस्दै

२९ जेठ, काठमाडौं । प्रधान न्यायाधीशको नाम सिफारिस गर्न संवैधानिक परिषदको बैठक आज बस्दै छ । प्रधानमन्त्री तथा संवैधानिक परिषदका अध्यक्ष केपी शर्मा ओलीले साँझ ५ बजे परिषद बैठक बोलाउनुभएको हो ।
संसदका दुवै सदनको नियमावली पारित भएसँगै संसदीय सुनुवाई विशेष समिति गठनको बाटो खुलेपछि परिषद बैठकबाट प्रधान न्यायाधीशको नाम सिफारिस गर्न लागिएको हो । परिषदले नाम सिफारिस गरेपछि संसदीय सुनुवाई हुँदै राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्ति हुने संवैधानिक व्यवस्था छ ।
प्रधान न्यायाधीशका लागि यसअघि नै न्यायपरिषद सचिवालयले बरिष्ठताका आधारमा क्रमशः दिपकराज जोशी, ओमप्रकाश मिश्र र चोलेन्द्र शमसेर जबराको नाम पठाइसकेको छ ।

दिपकराज जोशी, ओमप्रकाश मिश्र र चोलेन्द्र शमसेर जबरा क्रमश वाँयाबाट

nema
Show More

Related Articles

Back to top button