समाचारसमाज

वी. पी. विचार राष्ट्रिय समाज कार्य सम्पादन समितिको वैठक सम्पन्न

काठमाण्डौ आषाड ६ गते ,
वी. पी. विचार राष्ट्रिय समाज कार्य सम्पादन समितिको वैठक समाजका सभापति श्री कुल वहादुर गुरुङ्गको सभापतित्वमा आज समितिको केन्द्रिय कार्यालय काठमाण्डौमा सम्पन्न भएको छ । वैठकमा वी. पी. विचार राष्ट्रिय समाजले हालै प्रदेश नं १, २, ३,र ४ नं प्रदेशमा गरेको कार्यकर्ताहरुको भेलाको प्रतिवेदन समाजका महासचिव श्री विनय ध्वज चन्दले प्रस्तुत गर्नु भयो । उक्त कार्यकर्ता भेलामा नेपाली कांग्रेस र वी. पी. विचार राष्ट्रिय समाजका कार्यकर्ताहरुको उत्साहजनक सहभागीता भएकोमा सन्तोष प्रकट गरेको छ । वैठकले वी. पी. कोइरालाका जीवनका विभिन्न पक्षहरु समेटिएको पुस्तक राष्ट्रीय जीवनमा वी. पी. कोइराला भाग २ नामक पुस्तक अविलम्व प्रकासित गरी आगामी श्रावण ६ गते वी पी. जन्म जयन्तिका दिन विमोचन गर्ने निर्णय गरेको छ । वैठकले नेपालको सातै प्रदेसमा प्रदेश समितिहरु गठन गर्न समितिका सभापतिहरुलाई अधिकार दिने निर्णय गरेको छ । वैठकले जनकपुर नगरपालीकाका पुर्व मेयर श्री वजरङ्ग प्रसाद शाहलाई वी. पी. विचार राष्ट्रिय समाजको केन्द्रिय समितिमा मनोनित गर्न सिफारीस गरेको छ ।
 

nema
Show More

Related Articles

Back to top button