समाचारनेपाली कांग्रेस

नजिकिदै देउवा-पौडेल

नजिकिदै देउवा-पौडेल
देउवा-पौडेल सहित कांग्रेस नेताहरू । फाइल तस्बिर

 काठमाडौ : निर्वाचन पछि तिक्क्तपुर्ण सम्बन्धका कारण एक अर्काको चर्को आलोचना गर्ने गरेका काग्रेस सभापति शेरबहादर देउवा र वरिष्ट नेता रामचन्द्र पौडेल पछिल्लो समयमा नजिकन थालेका हुन । अघिल्लो हप्तामा मकवानपुरको हेटौडामा भएको जिल्ला सभापति भेलामा जिल्ला सभापतिहरुले केन्द्रीय नेतृत्व तहमा देखिएको असमझदारीको चर्को आलोचना गरे पछि सभापति देउवा र वरिष्ट नेता पौडेल आपसी संवादमा जुटेको काग्रेस नेताहरुले बताएका छन् ।
सभापति भेलाको उदघाटन सत्र मै असन्तुष्टी देखिए पनि वरिष्ट नेता पौडेलले भेलाको समापन समारोहमा भने, मेरो कुनै गुट नै छैन, म अव सभापतिसंग केहि कुरामा सल्लाह गर्छु र त्यस पछि सभापतिलाई सहयोग गर्ने गरि अघि वढछु ।
भेलाको उदघाटन सत्रमा सभापति देउवाले पौडेल पक्षका प्रभावशाली नेताहरु कृष्णपसाद सिटौला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी लगायतकालाई बोल्ने समय नदिए पछि उनीहरु बन्द्यसत्रमा समेत सहभागी नहुदै काठमाडौ फर्किएका थिए । तर वरिष्ट नेता पौडेलले भेला अघिको आफनो गुटगत अडानमा नदेखिए पछि उनी प्रति आफै पक्षका नेताहरुको विचमा शंका उपशंका देखिएको नेताहरुले बताउन थालेका छन ।
पौडेलको पछिल्लो भुमिकालाई लिएर चौतर्फी शंका उब्जन थाले पछि नेताहरु सिटौला, सिंह र केसीले मंगलवार काठमाडौमा भेटेरै छलफल सम्म गरेका छन । नेता केसीले अन्नपुर्णसंग भने, हाम्रो वरिष्ट नेताको वारेमा हामी केहि साथीमा शंका उब्जीएकै हुन तर मंगलवार उहासंगको छलफलमा उहाले यी कुराहरुलाई गलत भएको बताउनु भयो ।
हेटौडामा गएको ५ देखि ८ गते सम्म भएको जिल्ला सभापतिहरुको भेलामा सहभागी हुन जादा वरिष्ट नेता पौडेल, सभापति देउवा, सहमहामन्त्री प्रकाशशरण महत र प्रवक्ता विश्वप्रकाश शर्मा एउटा होटलमा बसेका थिए ।
पौडेलले आफनो पक्षका एक जना नेतालाई पनि त्याहा नराखेर पछि पछिल्लो समयमा सभापति देउवा इत्तर समुह बनाएका नेताहरुको विचमा शंकाहरु देखिएका हुन । पौडेल निकटका एक नेता भन्छन, त्यस पछि सभापति देउवाको हरेक निर्णयमा उहाले सही गरे जस्तो देखियो ।
जिल्ला सभापति भेलामा सभापति शेरबहादुर देउवा र वरिष्ट नेता रामचन्द्र पौडेल एक ठाउँमा उभिएको सन्देश दिएको नेताहरु बताउछन । स्रोतका अनुसार पौडेल सभापति शेरबहादुर देउवासँग जुहारी खोजेर नभई सहमतिबाटै आउँदो कार्यकालमा आफूलाई नेतृत्वमा उभ्याउने पक्षमा लागेका छन् । उनलाई देउवाले आउँदो महाधिवेशनमा सघाउने आश्वासनमा समझदारी गरेका छन् । ‘हेटांैडामा वरिष्ठ नेता पौडेलले एकाएक कसरी खुट्टा छोड्नु भो, हामी नै चकित भएका छौं । सिटौला र सिंहलाई बोल्न नदिँदा उहाँ आक्रमक हुनुहोला भन्ने थियो, उल्टै ओइलाउनुभयो,’ एक युवा नेताले भने ।
गएको निर्वाचन पछि सभापति देउवाको विरुद्धमा पार्टी बैठकमा लिखित धारण नै राखेका पौडेल पदाधिकारी मनोयनको निर्णय नमान्ने उदघोष गरेका थिए । सभापति देउवाले पौडेललाई वाइपास गरेर पदाधिकारी मनोयन गरे पछि पौडेलले आफु त्यसको विरुद्धमा देश दौडाहामा निकल्ने बताएका थिए ।
हेटौंडा जानुअघि गत २९ जेठमा मात्रै ट्रेड युनियन कांग्रेसको निर्वाचनसम्म एकअर्काप्रति कडा रूपमा प्रस्तुत भएका दुवै शीर्ष नेताले हेटौंडामा सम्पन्न भेलाको समापनबाट भने पार्टी्भित्र गुट-उपगुटको अन्त्य गर्नुपर्ने सन्देश दिएका थिए ।
नेता केसीका अनुसार पार्टीमा देखिएको व्यापक सुधारका लागी आफुहरुले सभापति देउवको विरोध गरेको र त्यसका लागी संवाद नै नगर्ने कुरा होईन । तर सभापति सच्चिएर आउनु पर्यो, केसी भन्छन, त्यतीकै संवादमा जानुको कुनै अर्थ नै हुदैन । यद्यपी पौडेल निकटका एक जना प्रभावशाली युवा नेताका अनुसार हेटौडा भेलाकै सेरोफोरो देखि सभापति देउवा र वरिष्ट नेता पौडेल लागातार संवादमा देखिएका छन । यसलाई कतिपयले सभापति देउवाको रणनितीक मुभ समेत भन्ने गरेको छ । आउदो महासमिती भेलावाट निर्णयहरु पारित गराउनका लागी दुई तिहाईको आवश्यता पर्ने छ । सभापति देउवाले त्यसमा पौडेललाई साथ नलिएमा त्यो मुस्कील पर्ने देखिन्छ । त्यही भएर सभापति भेला अघि पौडेलले नाम नदिदा सभापति देउवाले विद्याँन कस्यौदा समिती समेत घोषणा गरेन ।
हेटौडावाट सुरु भएको देउवा र पौडेल विचको संवालाई काग्रेस भित्र सबै पक्षले चासो पुर्वक हेरेको छ । कतिपय भित्रियाका अनुसार यसमा उपसभापति विमलेन्द्र निधिको भुमिका पनि अह्म देखिएको छ । नेताहरु भन्छन, वरिष्ट नेता पौडेल कोइराला परिवारको पछिल्लो समयमा प्रगट भइरहेको सक्रियता र नेता सिटौलाले महाधिवेशनमा नसघाउने निश्चित जस्तै देखिएकाले पौडेल सभापति देउवासंगको संवादका लागी साकारात्मक देखिएको हुन सक्छ ।
प्रोग्रेसीप एलाइन्सको कार्यक्रममा सहभागी नहुन पौडेललाई आफनै नेताहरुको चेतावनी
सभापति देउवासंग संवादमा लागेको सुइको पाएर मंगलवार वरिष्ट नेता पौडेलसंग छलफल गरेका नेताहरु सिटौला, सिंह र केसीले यही १५ गते देखि हुन लागेको प्रोगेसीप एलाइन्सको कार्यक्रममा सहभागी नहुन पौडेललाई सुझाएका छन ।
देउवाले आन्तरिक छलफल नै नगरी सोसलिस्ट इन्टरनेसनल विरुद्धमा प्रोग्रेसीप एलाइन्स फोरम स्थापना गरेको भन्दै यी नेताहरु सम्मेलनमा सहभागी नहुने निष्कर्ष निकालेका हुन । सोसलिस्ट इन्टरनेसनलका उपाध्यक्षसमेत रहेका देउवाले उक्त संगठनलाई विभाजीत गरेर प्रोग्रेसीप एलाइन्स फोरम स्थापना गरेको यी नेताहरुले आरोप लगाएका छन ।
असार १५ गते देखि एलाइन्सको भेला काठमाडौंमा सभापति देउवाले गर्न लागेका हुन । पार्टीका संस्थापक सभापति बिपी कोइरालाको अन्तराष्ट्रिय छवि बनाउन सोसलिष्ट फोरमको महत्वपूर्ण भूमिका भएको संस्थालाई देउवाले आफनो मनपरी गरेको आरोप नेताहरुले लगाएका छन ।

nema
Show More

Related Articles

Back to top button