समाचार

इपीजीको अन्तिम बैठक शुक्रवार काठमाडौैँमा सुरु हुँदै

१५ आषाढ, काठमाडौैँ÷नेपाल— भारत प्रबुद्ध ब्यक्तिहरुको समूह (ईपीजी) को अन्तिम बैठक आज काठमाडौैँमा सुरु हुँदै छ । इपीजीले आफ्नो प्रतिवेदन दुवै देशका सरकारलाई बुझाउने तयारी गरेको छ । इपीजीमा नेपाल तर्फका सदस्य निलम्बर आचार्यले प्रतिवेदन दुवै देशका सरकारलाई बुझाउने तयारी पुरा भएको जानकारी दिनुभयो । ईपीजी नेपालतर्फका सदस्य आचार्यले नेपाल भारतबीच विवाद रहेको सिमा, जलश्रोत, ब्यापार, पारवाहन लगायत दिर्घकालिन महत्व राख्ने विभिन्न विषयमा समूहले छलफल गरेको जानकारी दिनुभयो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको २०७१ साल साउनमा भएको पहिलो नेपाल भ्रमणमा ईपीजी गठनको सहमति भएको थियो । सहमतिको दुई बर्षपछि गठन भएको समूहको हालसम्म नेपाल र भारतमा गरी ८ बैठक बसेका छन । नेपाल भारतबीच सन १९५० मा भएको शान्ति तथा मैत्री सन्धी पुनरावलोकन गर्नेपर्ने माग नेपालले लामो समयदेखि गदै आएको थियो । शान्ति तथा मैत्री सन्त्रीको धारा २,५, ६ र ७ मा नेपालको मुख्य असन्तुष्टी रहँदै आएकोमा नेपाली पक्षले ईपीजी बैठकमा प्रमुखताका साथ उठाउँदै आएको दाबी गरेको छ ।

nema
Show More

Related Articles

Back to top button