समाजनेपाली कांग्रेस

लोकतान्त्रिक आन्दोलनका योद्धा कृष्णकुमार जोशीको निधनमा शोक प्रस्ताव पारित ।

काठमाडौं, साउन १६ । प्रतिनिधिसभाको बैठकले प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनका योद्धा पूर्वसांसद कृष्णकुमार जोशीको निधनमा सर्वसम्मतिले शोकप्रस्ताव पारित गर्‍यो ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुख कृष्णबहादुर महराले शोकप्रस्ताव प्रस्तुत् गरेका थिए ।
बैठकमा उनको निधनमा चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो ।
वि।सं। २०४८ को प्रतिनिधिसभाको निर्वाचनमा उनी नेपाली कांग्रेसका तर्फबाट बैतडी क्षेत्र नम्बर–१ बाट निर्वाचित भएका थिए ।
कांग्रेस बैतडी जिल्ला कार्यसमितिका संस्थापक सभापति, केन्द्रीय सदस्य, समाजसेवीसमेत रहेका जोशीको मंगलबार काठमाडौंस्थित आफ्नै निवास बूढानीलकन्ठमा ७३ वर्षको उमेरमा निधन भएको थियो । उनले ऐतिहासिक जनआन्दोलन २०४६ र गणतान्त्रिकरप्रजातान्त्रिक आन्दोलनमा अहं भूमिका निर्वाह गरेका थिए ।
प्रतिनिधिसभाको अर्को बैठक भोलि बिहीबार दिनको १ बजे बस्नेछ ।

nema
Show More

Related Articles

Back to top button