समाचारसमाज

डाक्टर गोविन्द केसी अस्पतालबाट डिस्चार्ज

२२ साउन, काठमाडौैँ÷डाक्टर गोविन्द केसी मंगलवार अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । डाक्टर केसीको स्वास्थ्य अवस्था समान्य हुन थालेपछि डिस्चार्ज गरिएको उपचारमा संलग्न डाक्टरले बताएका छन् । १५ औँ पटक २७ दिनसम्म अनशनमा बसेका कारण केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि अस्पताल भर्ना गरिएको थियो । चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै अनशनमा बसेका केसीले सरकारी पक्षसँग सम्झौता भए लगत्तै गएको १० गते अनशन तोड्नुभएको थियो ।
तर सम्झौता गरेको १३ दिन भइसक्दा समेत कार्यान्वयनमा सरकारले चासो नदिएको भन्दै केसी पक्षले असन्तुष्टि जनाएको छ । केसी र सरकारबीच चिकित्सा शिक्षा विधेयक संशोधनलगायत ९ बुँदामा सम्झौता भएको थियो । डाक्टर केसीले आफ्नो स्वास्थ्य अवस्था र सम्झौता कार्यान्वयन गर्न सरकारले ढिलाई गरेको आरोप लगाउनुभयो ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button