breakingसमाचार

न त म देउवाको मान्छे हुँ, न पौडेलको ः महामन्त्री शशांक कोइराला

विराटनगर — नेपाली काँगे्रसका महामन्त्री शशांक कोइरालाले पार्टीलाई एक बनाएर अघि बढाउनका लागि आफूले सभापति शेरवहादुर देउवालाई साथ दिए पनि अब आजित भइसकेको बताएका छन् ।
प्रजातान्त्रिक विचार समाजले आइतबार आयोजना गरेको एक कार्यक्रममा उनले सभापति शेरवहादुर देउवाको साथ दिँदा धेरैले देउवाको मान्छे भनेको गुनासो गर्दै उनले भने, ‘म न देउवाको मान्छे हुँ, न त पौडेलको ।’ आफ्नो लक्ष्य कसैको मान्छे बन्ने भन्दा पनि पार्टीलाई एक बनाउने रहेको उनको भनाइ थियो ।
कार्यक्रममा केन्द्रीय सदस्य शेखर कोइराला भने सभापति देउवाप्रति निकै आक्रोशित देखिए ।
देउवाले विधान लत्याएर तदर्थवादमा पार्टी चलाएको आरोप उनको थियो । त्यसअघि बुद्धिजीवी, प्राध्यापक, चिकित्सक र पार्टीका जिल्लास्तरीय नेताहरूले दुई कोइरालामध्ये एक जनालाई आगामी महाधिवेशनमा नेतृत्व लिने गरी अघि बढ्न आग्रह गरेका थिए ।
दुई कोइरालाले बोल्नुअघि नै बोलेका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले सभापति आफ्नै कारणले विवादमा तानिएको आरोप लगाए ।

nema
Show More

Related Articles

Back to top button