समाचार

वीपी विचार राष्ट्रि समाज रुपन्देहीको जिल्ला अधिवेशन सम्पन्न

 
 
रुपन्देही÷वीपी विचार राष्ट्रिय समाज रुपन्देही जिल्लाको जिल्ला अधिवेशन समाजका सभापति शरद भट्टराईको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त अधिवेशनको उद्घाटन गदै नेपाली काँगे्रसका महामन्त्री डा. शशांक कोइरालाले भन्नुभया— वीपी कोइरालाको विचार आजको नेपालमा मात्र नभई विश्वमानै सान्दर्भिक रहेको छ । उहाँले अगाडि भन्नुभयो— नेपाली काँगे्रसलाई पहिलो पार्टी बनाउन सबै कार्यकर्ताहरुले वीपी कोइरालाको विचारलाई अवलम्बन गर्नुपर्ने उल्लेख गर्नुभयो ।

नेपाली काँगे्रसका केन्द्रीय सदस्यहरु, जिल्ला सभापतिहरु, संघीय संसद तथा प्रदेशसभाका सांसद, राष्ट्रियसभाका सांसद , नेपाली काँगे्रसका विभिन्न तहका पदाधिकारीहरु ३ सय भन्दा बढि सहभागि भएको उक्त अधिवेशनले शरद भट्टराईलाई वीपी विचार राष्ट्रिय समाज रुपन्देहीको सभापतिमा निर्वाचित गरेको छ । समाजको विधानअनुसार नवनिर्वाचित सभापतिले अविलम्ब जिल्ला कार्यसमिति गठन गर्ने जानकारी दिनुभयो । उक्त समारोहमा नेका केन्द्रीय सदस्य बद्धी पाण्डे, संघीय संसद सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाह, नेका रुपन्देहीका सभापति अब्दुल रजाक,माननीय दुर्गा उपाध्याय, प्रमोद यादव,प्रदेश नंवर ५ का नेका संसदीय दलका नेता बलदेव शर्मा पोखरेल, नेका रुपन्देहीका पूर्व सभापति रामचन्द ढकाल, वीपी विचार राष्ट्रिय समाजका केन्द्रीय प्रतिनिधि एवं बर्दियाका सभापति अरुणकुमार सिँ राठोर, माननीय रमा अर्याल, माननीय अष्टभुजा पाठक, मानवीय बसीउद्धिन खान, माननीय पोकरुद्धिन खान, वीपी विचार समाजका रामकृष्ण, हरी लम्साल, विष्णु पोखरेल, फणिन्द शर्मा, हिरावहादुर खत्रि, लगातका वक्ताहरुले वीपी विचार समाजको महत्ववारे प्रकाश पार्नुभएको थियो ।
 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published.

Check Also
Close
Back to top button