समाचार

पाल्पामा निस्कियो प्राकृतिक ग्यास

२५ वैशाख, काठमाडौैँ÷ पाल्पाको माथागढी गाउँपालिका–२ रुप्सेमा सिँचाइका लागि पाइप गाड्दा जमिनमुनिबाट प्राकृतिक ग्यास निस्केको छ । स्थानीय ताराबहादुर कुमालको जग्गामा ट्युबवेल गाडेर पानी निकाल्ने क्रममा ग्यास निस्केको हो । फलामको पाइप जमिनमुनि गाड्ने क्रममा ग्यास बाहिर निस्किरहेको स्थानीय बासिन्दा राजकुमार पन्थीले जानकारी दिए । पाल्पामा पहिलोपटक जमिनमुनिबाट ग्यास निस्किेको हो । जमिनमुनिबाट निस्केको ग्यासमा आगो बलेपछि त्यस क्षेत्रमा अहिले मानिसको भीड लागेको छ । स्थानीय बासिन्दाले जमिनमुनि गाडेको पाइप ढाकेर राखेका छन् । यस ग्यासका बारेमा विस्तृृत अध्ययन अनुसन्धान गरी वैज्ञानिक रुपमा प्रयोग गर्नुपर्ने स्थानीयको भनाई छ ।

nema
Show More

Related Articles

Back to top button