समाचार

सगरमाथा आरोहणको नीति परिमार्जनको विषयमा अध्ययन गरिने

२६ जेष्ठ, काठमाडाँै÷ सरकारले सगरमाथा आरोहणको नीति परिमार्जनको बिषयमा अध्यन गर्न समिती गठन गर्ने भएको छ । सगरमाथालाई केही समय विश्राम दिनुपर्ने लगायतका माग उठिरहेका बेला सरकारले यसबारेमा चासो देखाएको हो ।
सगरमाथाको आरोहणको विषयलाई लिएर विवाद उत्पन्न भएपछि सरकारले आगामी दिनमा सगरमाथा चढ्न दिने कि रोक्ने भन्ने विषयमा अध्ययन गर्न समिति बनाउने तयारी गरेको हो । यसका लागि पर्यटन बिभागले अध्ययनका लागि समिति बनाउन आग्रह गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई प्रस्ताव पठाएको छ । नेपाल पर्यटन विभागका महानिर्देशक डन्डुराज घिमिरेले अध्ययन पछि त्यसैको सुझावका आधारमा आरोहणको नीति नियम परिमार्जन गरिने बताए । यो बर्ष धेरैलाई आरोहणको अनुमति दिएका कारण सगरमाथामा ट्राफिक जाम भएर समस्या आएको भन्दै सरकारको आलोचना भएको थियो । सगरमाथा क्षेत्रमा मृतकको शव र फोहोर थुप्रिएका कारण आरोहीलाइ समस्या भएका कारण आरोहणलाई केही बर्ष बिश्राम दिनुपर्ने माग उठदै आएको छ ।

nema
Show More

Related Articles

Back to top button