विश्व

भारतको चन्द्रयान—२ प्रक्षेपण अन्तिम समयमा स्थगित

३० असार÷भारतले प्रक्षेपण गर्ने भनेको चन्द्रयान–२ अन्तिम समयमा आएर स्थगित भएको छ । चन्द्रयानमा अन्तिम समयमा प्राविधिक गडबढी आएपछि प्रक्षेपण रोकिएको भारतीय अधिकारीहरुले बताएका छन् । उक्त आन्ध्र प्रदेशबाट भारतीय समय अनुसार सोमबार बिहान २ बजेर ५१ मिनेटमा प्रक्षेपण गर्ने तयारी भएको थियो । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले चन्द्रयान प्रक्षेपणको नयाँ मिति चाँडै घोषणा गर्ने जनाएको छ । चन्द्रयान प्रक्षेपणका लागि भारतीय राष्ट्रपति रामनाथ कोविन्द श्रीहरिकोटामा पुगेका छन् । इसरोको अभियान सफल भएमा चन्द्रमामा यान अवतरण गराउने भारत चौथो मुलुक बन्नेछ । यसअघि अमेरिका, चीन र पूर्वसोभियत संघले चन्द्रमामा यान अवतरण गराइसकेका छन् ।

nema
Show More

Related Articles

Back to top button