विश्व

बेलायती प्रधानमन्त्री बोरिसको प्रस्ताव सांसदहरुद्धारा अस्विकार

६ कात्तिक, काठमाडौैँ÷ बेलायती प्रधानमन्त्री बोरिस जोनसनको बे्रक्जिट सम्बन्धी विधेयकलाई सांसदहरुले अस्वीरकार गरिदिएका छन् । प्रधानमन्त्री बोरिसले तीन दिनभित्र समीक्षा गर्न राखेको प्रस्तावलाई सांसदहरुले अस्वीकार गरेका हुन । संसदमा भएको निर्वाचनमा बोरिसको प्रस्तावको विपक्षमा ३ सय २२ मत खसेको छ । भने उहाँको पक्षमा ३ सय ८ मत मात्र खसेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । हाउस अफ् कमन्समा सांसदहरुले बे्रक्जिट विधेयकलाई समर्थन गरेपछि त्यसको समीक्षाका लागि दिइएको छोटो समयमा विधेयकको विपक्षमा मतदान भएको हो । मतदानपछि युरोपियन युनियन काउन्सिलका अध्यक्ष डोनाल्ड टस्कले ईयूका नेताहरुले अक्टोबर १ को बे्रक्जिटको म्यादलाई थप गर्न सिफारिस गर्ने सुझाव दिएको बीबीसीले जनाएको छ । प्रधानमन्त्री जोनसनले भने अक्टोबर महिनाभरीका लागि बेक्जिटको म्याद थप गर्न चाहेको बताउनुभएको छ । युरोपियन आयोगले प्रधानमन्त्री जोनसनको म्याद थप्ने प्रस्ताव आएमा ईयूको काउन्सिल बैठकमा छलफलका लागि लैजाने बताउनुभएको छ ।

nema
Show More

Related Articles

Back to top button