समाचार

प्रधानमन्त्री ओली अजरबैजान प्रस्थान

काठमाडौं, कात्तिक ७ । प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न राष्ट्रहरुको सम्मेलनमा भाग लिन अजरबैजान प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री ओली असंलग्न राष्ट्रहरुको १८ औं सम्मेलनमा सहभागी हुन बिहीबार कतार एयरवेजको जहाजबाट अजरबैजानको बाकु तर्फ लागेका हुन् ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईलगायत रहेका छन् ।
सम्मेलनमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा उनले विभिन्न देशका राष्ट्र र सरकार प्रमुखहरूसँग भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भने सम्मेलनपूर्वका विभिन्न सेसनमा सहभागी हुन जापानबाट बाकु पुगिसकेका छन् ।

nema
Show More

Related Articles

Back to top button