breakingसमाचारनेपाली कांग्रेस

नेपाली काँग्रेसमा उम्मेदवारको अन्तिम नाम टुगों लगाउने तयारी

१७ कात्तिक, काठमाडौैँ÷ प्रमुख प्रतिपक्षि कागे्रसले आइतबार उम्मेदवारको अन्तिम नाम टुगों लगाउने तयारी गरेको छ । शुक्रबार बसेको केन्द्रिय समिति बैठकले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको लागि उम्मेदवारको टुङ्गो लगाउने जिम्मा पदाधिकारीलाई सुम्मिएको थियो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उमेदवारको अन्तिम टुंगो लगाउन दिउँसो ३ वजेका लागि पदाधिकारी बैठक बोलाइएको जानकारी दिए । बैठकले कास्कीका लागि प्रतिनिधिसभा सदस्य उमेदवार तथा भक्तपुर, दाङ र बाग्लुङका लागि प्रदेशसभा सदस्य उमेदवार टुंगो लाग्ने शर्माको भनाई छ ।
यर्सैबिच नेपाली काँगे्रसका नेता सुरेन्द्र पाण्डेले उपनिर्वाचनको टिकट वितरणमा पार्टी भित्र कुनै विवाद नरहेको दाबी गरेका छन् । राष्ट्रिय सभा प्रतिपक्षी दलका नेता समेत रहेका पाण्डेले विगतको चुनावमा ब्यहोरेको हारबाट शिर्ष नेताहरुले पाठ सिकिसकेको जिकिर समेत गरे । रेडियो अन्नपूर्ण नेपालसँग कुराकानी गदै पाण्डेले सत्तारुढ नेकपाको बहुमतको दम्भलाई उपनिर्वाचन मार्फत तोड्नुपर्नेमा जोड दिए । सरकारले सोचे अनुसारको जनमत नरहेकोले परिणाम काँगे्रसको पक्षमा आउने उनको भनाई छ । तर नेपाली काँगे्रसका सबै संयन्त्र निस्कृय बन्दा पार्टीको प्रभाव खस्किएको नेता पाण्डेको तर्क छ ।

nema
Show More

Related Articles

Back to top button