breakingसमाचार

प्रतिनिधिसभाको बैठक अन्योलग्रस्त, माघ ६ गतेसम्मको लागि स्थगित

२७ पुष, काठमाडौैँ÷ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा सभामुखको बिषयमा सहमति जुट्न नसकेपछि प्रतिनिधिसभा बैठक फेरि अन्योलग्रस्त भएको हो । सहमति जुटाउन शीर्ष नेताहरु बिहानै बाट छलफलमा जुटेको भएपनि कुरा नमिलेपछि आज बोलाइएको संसद बैठक आउँदो माघ ६ गतेसम्मका लागि स्थगित गरिएको छ । उपसभामुख शिवमाया तुम्बाहाम्फे सहितको छलफलले कुनै निश्कर्ष निकाल्न नसकेपछि सभामुख चयन प्रकृया फेरी पछाडी धकेलिएको हो ।
प्रधानमन्‍त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहालको निर्देशनपछि उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने तयारी गर्नुभएको छ । पार्टीले उपसभामुख पदबाट राजीनामा दिन गरेको निर्देशन अटेर गरेपछि तुम्बाहाङ्फेलाई आज प्रधानमन्त्री निवास बालुवाटार बोलाएर ‌ओली र दाहालले तत्काल राजीनामा दिन निर्देशन दिनुभएको हो ।

nema
Show More

Related Articles

Back to top button